पुस १९ । झापाको भद्रपुरस्थित ध्रुसु हलवाईको घरमा आज बिहान आगलागी भएको छ ।
आगलागीबाट घर भाडामा रहेका ५ वटा पसल जलेका छन्।आगलागीमा २ वटा टेर्लस सेन्टर,एउटा रेष्टुरेण्ट, किराना पसल र मोवाइल पसल रहेका छन्।
उक्त घरमा रहेको बिश्वनाथ शाहको बिनायक टेर्लसबाट बिद्युत सट भएर आगो सल्कीएको प्रहरीले जनाएको छ ।
आगलागीबाट आगलागीमा ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
बिहान ८ बजे लागेको आगो स्थानीयबासिन्दा प्रहरी र ३ वटा दमकल साहयताले एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
Comments







