काठमाडौंकाे जाम कम गर्न विद्यालय समय ९-३ बनाउँदै सरकार

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको जाम कम गर्ने उद्देश्यले विद्यालय समय सार्ने भएको छ । ट्राफिक जामका कारण विद्यालय समय सार्न लागिएको हो ।
यसअघि १५ पुसमा मन्त्रीपरिषद बैठकबाट काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको कार्ययोजना पारित भएको थियो । त्यसमा १० बजे अगाडी नै स्कुलका बस विद्यालय परिसर भित्र छिराईसक्नुपर्ने व्यवस्था गरिएको छ । त्यसको कार्यान्वयन आगामी शैक्षिक सत्रबाट गर्ने तयारी भइरहँदा विद्यालय समय नै सार्ने पक्षमा सरकार पुगेको हो ।
विद्यालय अहिले बिहान १० देखि दिउँसो ४ बजेसम्म संचालन हुँदै आएका छन् । त्यो समय सारेर बिहान ९ देखि दिउँसो ३ बजेसम्म बनाउन लागिएको हो । शिक्षा मन्त्रालयले विद्यालय समय सार्न प्रस्ताव गरेको छ । मन्त्रालयका सचिव महेश्वर दाहालले निजी विद्यालयका संचालकहरुलाई बोलाएर त्यसबारे छलफल अगाडी बढाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।