काठमाडौं । कामको लागि हालै लेह–लद्दाखमा पुगेका ६ महिलासहित ८२ जना नेपाली अलपत्र परेका छन् । उनीहरुले सरकारसँग खान, बस्न र उद्धारको व्यवस्था गरिदिन आग्रह गरेका छन् । दाङ र सल्यानका ती नेपाली डकर्मी काम गर्न त्याहँ गएका हुन् ।
उनीहरु चैत १ मा दाङबाट दिली रतीन दिनपछि लेह–लद्दाख पुगेका थिए । त्यहाँ पुगेपछि मात्र उनीहरुले कोरोना भाइरस (कोभिड–१९)को त्रासले सबै काम बन्द भएको थाहा पाएका थिए । काममा बोलाउने साहुँ र ठेकेदार सम्पर्क विहीन भएको उनीहरुले बताएका छन् ।
अलपत्र मध्ये ५० जनालाई सल्यानका सुवास योगीले लगेका हुन् । अरु छुट्टै दुई दिनपछि पुगेका हुन् । योगी डकर्मि र अन्य मजदुरका लागि आफ्ना गाउँलेलाई भारतको लेह–लद्दाख जान आउन थालेको २० वर्ष भयो । उनीहरु प्रत्येक वर्ष फागुनको अन्त्यमा गएर दशैं लाग्नुअघि घर फिर्ने गर्थे । कान्तिपुर दैनिकमा प्रकाशित छ ।