रौतहट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले भिषण हावाहुरी र असिनापानीले पीडित गरिब एवं किसानहरुलाई राहत तथा क्षतिपुर्ती दिन सरकारसँग माग गरेका छन् ।
पुर्व मन्त्री एवं रौतहट ३ का सांसद समेत रहेका नेता साहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत तीन तहका सरकारसंग पीडितलाई राहतएवं क्षतिपुर्ति उपलब्ध गराउन माग गरेका हुन् ।

‘बाली भित्रयाउने महत्वपुर्ण घडीमा आएको यो प्राकृतिक प्रकोपले किसानहरुको ढाड नै भाचेको छ । यस प्रकोपले गरिबहरुको झुपडी र घरको छाना उड़ाउनुको साथै किसानको आँप, लिचिमुख्यतमकै बालीमा ठुलो क्षति पूर्याएको छ’ साहले लेखेका छन्, ‘यस संकटपुर्ण अवस्थामा पीडित गरिब र किसानहरुलाई तुरन्त राहत एवं क्षतिपुर्तिको व्यवस्थागर्न तीनै तहको सरकारसंग माग गर्दछु ।’

हिजो राती आएको भिषण हावाहुरी, असिना, पानीले रौतहट, बारा, पर्सा, सर्लाही सहित तराई मधेसका जिल्लामा ठुलो क्षति भएको छ । गरिबहरुको खरको छानो भएको घरका हावाहुरीले उडाएको छ । किसानहरुले बाली भित्र्याउने महत्वपूर्ण समयमा मकै एवं रविबालीका साथै लिचि, आँप लगायतमा हावाहुरी एवं असिना पानीले ठुलो क्षति पुर्याएको छ ।

कोरोना भाइरसको त्रास र महिनौं लकडाउनको पिडादायी अवस्थामा हिजो राती भिषण हावाहुरी र असिनापानीले तराई मधेसका केहीजिल्लामा ठुलो क्षति पुर्याएकोले ति गरिब एवं किसानहरुलाई तुरुन्त राहत एवं क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने नेकपा नेता साहले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।