काठमाडौं १३ वैशाख । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) कोरोना पोजेटिभ देखिएकी एक जना युवतीको निधन भएको छ । वीरगञ्ज–१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो आरडिटीमा पोजेटिभ देखिनेको कोरोना नेगेटिभ पनि देखिने भएकाले उनको कोरोनाबाट मृत्यु भएको हो हैन भन्ने पुष्टि हुन बाँकी छ । उनको शव अहिले नारायणी अस्पतालमा राखिएको छ ।
आरडिटीमा पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको उनको मृत्यु भएको हो । उनको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएको छ । हेटौंडाबाट रिपोर्ट आएपछि उनको कोरोनाबाट मृत्यु भए नभएको पुष्टि हुनेछ ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।







