कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुन जिल्लाका विभिन्न स्थानमा स्थापित एकान्तबासमा बस्दै आएका ३८ जनामध्ये आजसम्म ३१ जना घर फर्किएका हुन् । अझै पाँच महिलासहित सात जना एकान्तबासमा छन् ।
शुक्लागण्डकी नगरपालिकामा हाल हपाँच महिला र भानु नगरपालिकामा दुई पुरुष एकान्तबासमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। स्थानीय तहले स्थापना गरेका एकान्तबासमा उनीहरु १४ दिन बिताएर स्वास्थ्य परीक्षणपछि घर फर्किएका छन् । उनले भने, ‘एकान्तबासमा रहेकाहरु पनि अब केही दिनमै घर जानेछन् ।’
विभन्न देशबाट ९३ महिलासहित ८५१ जना घर फर्किएकामध्ये हालसम्म ७७ महिला र ५४५ पुरुष गरी छ सय जनाको आरडिटी गरिएको छ भने ३० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त ७४२ किटमध्ये ६३२ खर्च भई ११० थान बचत रहेको उनले बताए । जिल्लाका ६० स्थानमा स्थापित हेल्थ डेस्कबाट हालसम्म ४९३ महिलासहित एक हजार ९०७ जनाको ज्वरो मापन गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।