काेभिड १९ अथार्त काेराेना भाइरसकाे महामारिकाे मैका पारेर बिगमार्टले मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई रु तीन लाख जरिवाना गरेको छ ।

बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।