नेपाल आयल निगमको वाग्मती प्रादेशिक कार्यालय थानकोटमा कोरोना परीक्षण गरिएको छ ।

थानकोट डिपोमा कार्यरत निगमका कर्मचारी, डिपोको सुरक्षार्थ खटिएका नेपाली सेना, पेट्रोलियम व्यवसायी तथा मजदूर, ट्याङकरका चालक तथा सहचालक र स्थानीय गरी १३९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको जनाइएको छ ।

डिपोका प्रमुख प्रदीप यादवका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत स्वास्थ्यकर्मीको सहयोग र निगमनको समन्वयमा परीक्षण गरिएको हो ।

यसअघि निगम सञ्चालक समिति, केन्द्रीय कार्यालय बबरमहल, टेकु कार्यालय, थानकोट डिपो र हवाइ इन्धन डिपो सिनामंगलमा कार्यरत १४६ अपरेटर कर्मचारीको परीक्षण गरिएको थियो । बागमती प्रादेशिक कार्यालय थानकोटपछि बाँकी कार्यालयमा परीक्षणको तयारी भएको निगमले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।