खुकुलो हुँदै लकडाउनः दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुई जना चढ्न पाइने

काठमाडौं । लगातार लकडाउनका कारण सर्वसाधरण समस्यामा परेपछि सरकारले अत्यावश्यक बाहेकका क्षेत्रमा पनि लकडाउन केही खुकुलो बनाउने तयारी थालेको छ ।

यसअघि मन्त्रीपरिषद बैठकले ३२ जेठसम्म लकडाउन घोषणा गरेपनि अवस्था अनुसार खुकुलो र कडाई गर्ने जिम्मा कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिलाई दिएको थियो । समितिले अहिले त्यसको तयारी गरिरहेको छ । अब अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी छ ।

सरकारले निजी सवारी साधन चल्न दिइने गरी नियम बनाउन लागेको हाे । जसअनुसार दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यस्तो नियम कहिलेदेखि लागू गर्ने भन्नेमा सरकार टुंगोमा पुगेको छैन ।

नयाँ मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइने छ । जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक हिडडुल गर्न भने पाइने छैन ।

सरकारले भारतसँगको सिमामा कडाई गर्ने तयारी गरिरहेकाे छ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । सरकारले यसअघि नै १६ असारसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरिसकेकाे छ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याउने सरकारकाे तयारी छ ।

१ असारबाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुने देखिएकाे छ । विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउनेछन् भने
विद्यालय खुल्ला भने हुने छैन ।

Comments
spot_img

More like this

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

रोमाञ्चक खेलमा अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा...