न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको श्रोत परिचालन समिति न्यूयोर्कको टाक्सफोर्सले न्युयोर्कमा कोरोना महामारीबाट नेपाली समुदायलाई जोगाउन सकृय
विभिन्न १५ वटा संघ संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसले आक्रान्त बनाएको न्यूयोर्कमा, महामरीबाट बच्नको लागि नेपाली समुदायलाई माक्स, सेनिटाइजर, ग्लोप्स, थर्ममिटर, टायनल जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरू पाउन गाह्रो भइरहेको समितिले सहयाेग गरेकाे हाे ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क टाक्स फोर्सले कोभिड-१९ को संक्रमणलाई नेपाली समुदायमा फैलिन नदिन, विभिन्न संघसंस्था मार्फत तथा व्यक्तिगत तवरले समेत समुदायका संक्रमित सदस्यहरूले पाउने गरी स्वास्थ्यसामग्रीहरू उपलब्ध गराउन सुरू गरेको महासचिव एवं कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समिति अमेरिकाका संयोजक मुनिन्द्र नेम्बाङले बताएका छन् ।
पुरै अमेरिका लकडाउनले बन्द भएको समयमा, अमेरिकी सरकारले दिएको निर्देशनलाई पालना गर्दै, कानुनी परिधि भित्र रहेर टाक्स फोर्सले सामाजिक दुरीलाई कायम राखी मुस्किलले स्वास्थ्य सामग्रीहरू नेपाली समुदायसम्म वितरण गरेको उनले बताए ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव नेम्बाङले कोभिड-१९ को महामारीमा अमेरिका भरीका शुभेच्छुक सहयोगी दाताहरूबाट प्राप्त स्वास्थ्य सामग्रीहरू, नेपाली समुदाय सम्म पुर्याउन न्यूयोर्क टाक्स फोर्स र जनसम्पर्क समितिका साथिहरूको साथ र सहयोगमा मात्र सम्भव भएको बताएका छन् । गत अप्रिलको दोस्रो हप्ताबाट सुरू गरेको स्वास्थ्य सामग्री वितरण कार्यक्रम मे महिनाको ३१ तारीख २०२० मा पहिलो चरणको अभियान सम्पन्न भएको बताउदै महासचिव नेम्बाङले न्यूयोर्क लगायत अन्य च्याप्टरका टाक्स फोर्सहरूले संचालन गरेको आवश्यक स्वास्थ्य सामग्री वितरण अभियनलाई सहयोग पुर्याउने सम्पूर्ण अग्रजहरू, कार्यसमितिका साथिहरु, सहयोगी दाताहरू, सामाजिक अभियन्ताहरू, स्वंयेम सेवक मित्रहरू, पत्रकार साथिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, नागरिक समाज र आम नेपाली समुदायलाई आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
समितिले अहिले सम्म १५ वटा संस्था मार्फत र १२० परिवारलाई व्यक्तिगत तवरले गरेर जम्मा ८,७०० थान सर्जिकल माक्स, १६६४ थान हेण्ड सेनिटाइजर १७,१०० थान हेण्ड ग्लोप्स, १०० थान थर्ममिटर र २५० थान KN ९५ माक्स स्वास्थ्य सामग्री नेपाली समुदायलाई वितरण गरेको छ ।