बुद्ध शरण/काठमाडौं
काठमाडौं उपत्यका बाट ६ किलोमिटर दक्षिणमा अवस्थित यो टौदह ऐतिहासिक पोखरी मनोरम, शान्त, मनमोहक र जलचरहरुको वासस्थान पनि मानिन्छ ।

नाग पंचामीको दिनमा विषेश मेला रहने यस पोखरीको किम्वदन्ती अनुसार परा पुर्वकालमा उपत्यका पानीले भरिएको र महा मंजु श्रीले सोपोखारिको दक्षिण तिरको एक छेउबाट पानी बाहिर निकाली दिएको र त्यस समयमा उपत्यका पानीले भरिएको पोखरीलाई काली नाग दाहा कर्कट नागराजको वासस थानको रुपमा पनि चिनिन्छ । तसर्थ महा मन्जुश्रीले कालिनाग दहका राजा कर्कट नागको लागि वासस्थान स्वरूप एस टौदहको निर्माण गरिदिएको जनविश्वास रहि आएको छ ।