मंसिर १५ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रपति फेर्न नसकिने संकेत दिएका छन् ।
संविधानसभाको निर्वाचन सकिएसँगै राष्ट्रपतिका विषयमा टिकाटिप्पणी सुरु भएको अवस्थाममा काँग्रेस महामन्त्री सिटौलाले संविधानसभाबाट नयाँ संविधान जारी नभएसम्म अहिलेकै राष्ट्रपति यथावत् रहने बताएका हुन् ।
झापा क्षेत्र नं ३ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिन झापाको जलथल पुगेका महामन्त्री सिटौलाले सञ्चारकर्मीहरुसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने कुनै संवैधानिक प्रावधान नभएको र कुनै कानुनी प्रबन्ध नभएको समेत जनाएका छन् ।
सो अवसरमा उनले अन्तरिम संविधानमा संविधान जारी नभएसम्म राष्ट्रपति पद रहिरहने उल्लेख भएको समेत जनाए ।
Comments