यस्तो छ सुशान्तको बलिउड यात्रा

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले यतिबेला बलिउडसँगै उनका फ्यानहरु स्तब्ध भएका छन् । आखिर, ३४ बर्षका यी सफल नायकले किन यस्तो बाटो रोजे, यो भने खुलेको छैन ।

सुशान्त सिंह राजपुतको बलिउड करिअर सुखद चलिरहेको थियो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘काया पो छे’ हो । यो चलचित्रले नै उनलाई बलिउडमा स्टार बनाएकाे हाे ।यसपछि उनले ‘शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बख्शी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका थिए । सुशान्तले अभिनय गरेको ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो । यो चलचित्रपछि सुशान्तको अभिनयको मात्र चर्चा भएन, उनको माग पनि बलिउडमा ह्वात्तै बढेको थियो ।

सुशान्तले अभिनय गरेको ‘बेल्कम टू न्यू योर्क, केदारनाथ, सोनचिडिया, छिछोरे’ जस्ता चलचित्र पनि हिट छन् । उनले बलिउडमा १२ वटा चलचित्रमा काम गरिसकेका छन्।

भारतको पटनामा सन् १९८९ जनवरी २१ मा जन्मिएका यी नायकले टेलिभिजनमा पनि हिट सिरियल दिएका छन् ।बलिउडमा सुखद करिअर चलिरहेको समयमा सुशान्तले किन आत्महत्या गरे ? उनका फ्यानहरु अहिले यो प्रश्नको जवाफ जान्न चाहिरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।