मंसिर  । वैदेशिक रोजगारका लागिमा रहँदा ज्यान गुमाएका खोटाङका एक मृतक परिवारले शव नेपाल ल्याउनका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

सवारी दुर्घटनामा परी कतारमा ज्यान गुमाएका रतन्छा २ का २८ वर्षीय हरिप्रसाद फुयाँलको परिवारले शव ल्याउन सहयोग मागेका हुन् ।

मृतक परिवारले फुयालको शव ल्याउनका लागि पहलको माग गर्दै दिक्तेलस्थित सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्रसमक्ष आग्रह निवेदन दिएका छन्।

कतारको सिटिसी कम्पनीमा काम गर्दै आएका फुयाँलको सवारी दुर्घटनामा गत आइतबार मृत्यु भएको थियो। 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।