यी तस्बीरहरु काठमाडौं उपत्यमा मनसुन भित्रदै गर्दा अर्थात शनिबार साँझ लिएको हो । अहिले काठमाडौंमा मनसुन भित्रिसकेको छ । आज र भोलि देशका विभिन्न ठाउँमा झरी पर्ने मौसमविदले जनाएका छन् ।

विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने उनको भनाइ छ । कतै कतै ठूलो पानी पनि पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद् मानन्धरको आग्रह छ । अब विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुने उनले बताइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।