सुरेन्द्र भण्डारी

सुरुङ्गा, झापा, २७ मंसिर (रासस) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन् ।

मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी हुन । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेकी हुन ।

प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७६७ मतले पराजित गर्दै उनी निर्वाचित भइन । उनले ४५ हजार ८१७ मत प्राप्त गर्नुभयो भने थापाले ३२ हजार ५० मत प्राप्त गरेकी थिइन ।

एमालेको १ नं प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी पवित्रा तीन दशकयता झापामा रहेर सक्रिय राजनीति गरिरहेकी छिन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।