मंसिर १३ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत प्रस्थान गरेका छन्  ।

 दिल्लीमा उपचाररत क्यान्सरपीडित छोरीलाई भेट्न उनी भारत प्रस्थान गरेका हुन् । तर भारतमा रहँदा उनले राजनीतिक भेटघाट पनि गर्ने समेत बुझिएको छ ।

चुनावको मतपरिणाम आईरहेको बेला र सरकार निर्माणमा दलहरुबीच विवाद उत्पन्न भईरहेको बेला प्रचण्डको भारत भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।

प्रचण्डकी जेठी छोरी ज्ञानु केसी क्यान्सरको समस्याले नोयडाको सेक्टर २ मा अवस्थित फोटिक्स हस्पिटलमा डेढ महिनादेखि उपचार गराईरहेकी छिन् । प्रचण्डका स्वकीय सचिवालय सदस्य चुडामणी खड्काले भने छोरीलाई भेट्न जान लागेको बताएका छन् ।

क्यान्सरको उपचारका लागि यसअघि अमेरिका समेत लगिएकी उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रचण्ड शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डपत्नी सीतका साथ बिहीबार भारत प्रस्थान गरेका हुन् भने छोरा प्रकाश भने हिजै नयाँदिल्ली पुगिसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।