मंसिर १३  ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष
नारायणमान बिजुक्छेले  नेकपा माओवादी कार्यकर्ताको भोटले कांग्रेस अहिले ठूलो पार्टीको रुपमा देखा परेको बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसलाई चुनाबको  समयमा बैद्य समुहले ठुलो सहयोग गरेको  दाबी गरेका  छन् । जसको कारण  कांग्रेसले  यति धेरै  सिट ल्याउन सकेको बताए  ।

यस्तौ उनले  बिदेशी चलखेलले आफ्नो पार्टी भक्तपुरको क्षेत्र नम्बर २ मा नेमकिपा हार बेहोरेको बताएका छन् । 

अहिले देशमा विदेशी प्रभुको  नियम अनुसार  चलेकोले  नेपालको सार्वभौमिकता धरापमा  परेको  उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।