नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका छन ।
उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप ६ सय २९ संक्रमण भएको पुष्टि भएको हो । मन्त्रालयका अनुसार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ जना संक्रमित भएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २४ रहेको छ ।