
भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै उत्पीडित वर्ग, जाति, क्षेत्र, धर्म र लिंगका समुदायहरुलाई राज्य संयन्त्रमा आफ्नो हकहिस्सा दिलाउन र उनीहरुको पहिचानलाई स्थापित गर्न जुनसुकै संघर्षको रुप अवलम्बन गर्न पनि हरदम तयार रहेको जनाएका छन् ।
उनले आफ्नो र पार्टीको पराजयलाई एजेण्डाको पराजयको रुप नलिएको पनि जनाएका छन् ।
खासगरी अहिले मुलुकको राजनीतिको मूलधारमा देखिएका संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, पहिचान, राज्यको अग्रगामी पुर्नसंरचनालगायतका अग्रगामी एजेण्डाहरुको भ्रमपूर्ण अपव्याख्या र चुनाव जित्नका लागि प्रयोग गरिएका अनेकखाले अलोकतान्त्रिक र अमर्यादित हतकण्डाले यो चुनावी परिणाम निम्त्याएको मेरो ठम्याई रहेको छ विज्ञप्तिमा भनिएको छ ।
राज्यको अग्रगामी रुपान्तरण र आर्थिक समृद्धिका सवालमा एकीकृत माओवादीले उठाएका एजेण्डाहरु वास्तवमै सहि भएको र ती एजेण्डाहरुले नै मुलुकको कायाकल्प गर्ने विश्वास पनि भट्टराईले व्यक्त गरेका छन् ।