काठमाडौंको आकाशभरी सलह

काठमाडौंको आकाशमा सलहले ढाकेको छ । काठमाडौंको कालिमाटी, टेकु, वनस्थली, नागार्जुन र रानीवन, ललितपुरको कुपण्डोल लगायत क्षेत्रहरुमा सलहको ठूलो हुल देखिएको छ ।

त्यस क्षेत्रमा घर भन्दा निक्कै माथि आकाशमा सलहको हुल देखिएको हो । सलहको हुल देखिएपछि सबैको आँखा आकाशतिर हेरिरहेको देखिन्थ्यो ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।