पछिल्लाे २४ घण्टामा संयुक्त राज्य अमेरिकामा बिहीबार ५७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार बिहीबार त्यहाँ ५७ हजार २ सय ३६ जनामा कोरोना पुष्टि भएको हो । अमेरिकामा यो संख्या २४ घण्टामा देखिएको अहिलसम्मकै बढी हो । शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाबाट २८ लाख ३७ हजार व्यक्ति प्रभावित भएका छन् । जसमध्ये १ लाख ३१ हजार ४ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ यो भाइरसबाट ६ सय ८७ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म ११ लाख ९१ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । १५ लाख १४ हजारको उपचार जारी रहँदा १५ हजार ९ सय संक्रमितको अवस्था गम्भीर छ । अमेरिकामा सबैभन्दा बढी न्यूयोर्क राज्य प्रभावित छ । त्यहाँ हालसम्म ४ लाख १९ हजार ६ व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । न्यूयोर्कमा मात्रै ३२ हजार संक्रमितले ज्यान गुमाएका हुन् । न्यूयोर्कपछि क्यालिफोर्निया, टेक्सास, न्यूजर्सी, फ्लोरिडा, इलिनोइस, म्यासाचुसेट्स, पेन्सिलभेनिया, जर्जिया, एरिजोन, मिशिगन, उत्तर क्यारेलिना राज्य कोरोनाबाट बढी प्रभावित छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।