संविधानसभा भवन भित्र मत गणना गरिदैं । |
मंसिर ६ । देशैभर जारी संविधानसभा दोस्रो निर्वाचनको मतगणना अनुसार शिर्ष नेताहरुलाई भने जित हासिल गर्न निक्कै हम्मे हम्मे परिरहेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा ५ र क्षेत्र नम्बर १० काठमाडौंका उम्मेदवार दाहाल काठमाडौंमा कांग्रेस उम्मेदवार राजन केसीसंग यो समाचार तयार पार्दासम्म १७ सय मतले पछाडी परेका छन् । अध्यक्ष दाहालको ५४६१ मत रहेको छ भने कांग्रेस उम्मेदवार केसीको ७२३९ मत रहेको छ । उक्त क्षेत्रमा एमाले उम्मदेवार सुरेन्द्र मानन्धर ४६३२ मतका साथ तेस्रो स्थानमा छन् ।
सिरहा ५ मा भने दाहालले ११९९ मतका साथ अग्रस्थान कायम गरिरहेका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार लिलानाथ श्रेष्ठ ५९८ मतले पछाडी छन् । त्यस्तै नेकपा संयुक्तका रन्जित पासवान ५८ मतका साथ पछ्याईरहेका छन् ।
पूर्वप्रधानमन्त्री तथा पूर्व पार्टी उपाध्यक्ष डा.बाबुराम भट्टराई पनि रुपन्देही चारमा पछाडी परेका छन् । एमाले उम्मेदवार विष्णु पौडेल ६९१ मतका साथ अगाडी छन् भने कांग्रेस उम्मेदवार ४६३ मतका साथ दोस्रो स्थानमा छन् । भट्टराई भने४६३ मतका साथ तेस्रो स्थानमा छन् ।
यता, गोरखा १ मा भने १६०४ मतका साथ उनी अग्रस्थानमा छन् । दोस्रो स्थानमा कांग्रेसका कृष्णबाबु श्रेष्ठ ३२५ मतसहित दोस्रो र तेस्रोमा १७८ का साथ एमालेका रामशरण बस्नेत छन् ।
बांके ३ र चितवन ४ का उम्मेदवार नेपाली कांग्रेस सभापति सुशिल कोइराला दुवै क्षेत्रमा अग्रस्थानमा छन् । बांके ३ मा १५८३ मतका साथ अग्रस्थानमा छन् भने राप्रपा नेपालका धवल शमशेर राना ११३४ सय मतका साथ दोस्रो स्थानमा छन् ।
चितवनमा पनि उनी ९२९ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी एमाओवादीका चित्र बहादुर श्रेष्ठ ५१५ दोस्रोमा र एमालेका दिलकुमारी (पार्वती) रावल ३१५ मतका साथ तेस्रोम छिन् ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट ३४५५ मतसहित अग्रस्थानमा छन् । उनका पछाडी एमाओवादीकी उम्मेदवार रेणु दाहाल ७५५ मतका साथ दोस्रो स्थानमा छिन् । तेस्रोमा भने एमालेकी उम्मेदवार विद्या न्यौपाने ४३९ मतमा छिन् ।
इलाम क्षेत्र नम्बर १ र सर्लाही १ का उम्मेदवार एमाले अध्यक्ष झलनाथ खनाल सर्लाही १ मा भने अग्रस्थानमा छन् तर इलाममा भने मतगणना सुरु भएको छैन । अध्यक्ष खनाल सर्लाही १ मा
रौतहट १ मा भने माधवकुमार नेपाल ७ सय मतले पछि परेका छन् । फोरम लोकतान्त्रिकका अजय गुप्ताले १८८७ मत पाएर शिर्ष स्थान कायम गरेका भने एमालेको ११६२ मत छ ।
एमाले नेता नेपालले काठमाडौं २ मा भने अग्रस्थान कायम गरेका छन् । नेपालले २५६० मत पाएका छन् भने कांग्रेस उम्मेदवार प्रतिमा गौत १४७९ मतका साथ दोस्रो र राप्रपा नेपालका नवराज सिंखडा ६७६ मतका साथ तेस्रो स्थानमा छन् ।
पूर्वसभामुख समेत रहेका सुवासचन्द्र नेम्वांगले पनि शिर्ष स्थान ओगट्न निक्कै गाह्रो परेको छ । इलाम २ का उम्मेदवार उनी ३५९ मतका साथ दोस्रोमा छन् तर कांग्रेसका भेषराज आचार्यले ३७२ मतसहित उनलाई पछि पारेका हुन् । तेस्रो स्थानमा भने एमाओवादीका रमेश लिंदेल ९५ मतका साथ तेस्रो स्थानमा छन् । (पछिल्लो अपडेटमा आधारित)