मंसिर ५ । महिनौंदेखि आफ्नाका लागि भोट मागे पनि केही शिर्ष नेताहरुले नै पनि आफ्ना लागि भोट हाल्न नपाएर अभागी बन्नु परेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत केही नेताले आफू मतदाता रहेको क्षेत्रभन्दा फरक ठाउबाट उम्मेदवारी दिएकाले आफैंलाई भोट हाल्ने अवसर गुमाएका छन् ।
एमाओवादी अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुरको लक्ष्मी उच्च माध्यमिक विद्यालय लंकु केन्द्रमा भोट हाले । दाहालको उम्मेदवारी भने भने काठमाडौं क्षेत्र नम्बार १० र सिराहा क्षेत्र नम्बर ५ मा परेको छ । एमाओवादीकै नेता डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेकोमा उनले क्षेत्र नम्बर १ मा भोट हाल्नुपर्‍यो । नेता भट्टराईले रुपन्देही ४ बाट समेत चुनाव लडेका छन् । उनले अघिल्लो संविधानसभा चुनावमा भने २ मै उम्मदेवार बनेर आफूलाई नै भोट खसाल्न पाएका थिए । एमाओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि आफूलाई भोट हाल्न नपाउने अभागी नेता बनेका छन् । मकवानपुर २ बाट उम्मेदवारी दिएका श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ मा भोट खसाले ।
झापा क्षेत्र नम्बर ७ मा उम्मेदवार रहेका एमाले नेता केपी शर्मा ओलीले भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने बालकोट गाविसस्थित महेन्द्र शान्तिमाध्यमिक विद्यालयमा रहेको केन्द्र र इलाम क्षेत्र नम्बर २ का एमाले उम्मेदवार तथा पूर्वसभामुख सुवास नेम्वाङले क्षेत्र नम्बर ३ मा पर्ने इलाम नगरपालिका–२ स्थित बालमन्दिर प्राविको ‘ख’ केन्द्रमा मत खसाले ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।