काठमाडौं । नेपालमा वर्षासँगै बाढीको बितन्डा सुरु भएको छ । नेपालको विभिन्न भागमा वर्षा जारी रहेको बेला सिन्धुपाल्चोकमा बुधबार राति बाढीले १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकमा बाढीका कारण दर्जन बढी बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ ।
बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो ।
२० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ । बेपत्ताहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ ।
Comments







