मंसिर २ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि ७२ घण्टाका लागि भारत र चीनसंग जोडिएका सीमा नाका बन्द गरिएको छ ।
चुनावका बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै भारत र नेपालका सुरक्षा अधिकारीको सहमतिमा सीमा नाका बन्द गरिएको हो ।

मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसंग जोडिएका १ सय ५० वटै सीमा नाका बन्द गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले जानकारी दिएका छन् ।

यद्धपी बिरामी बोकेका एम्बुलेन्स र अत्याआवश्यक कामका लागि सर्वसाधारणहरुले निर्वाध रुपमा सीमा नाकाबाट आवतजावत गर्न पाउने छन । तर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आशन्न संविधान सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर सोमबारबाट मात्रै सीमानाका बन्द गर्ने जनाएको छ ।

महाकाली पारीका गाविसहरु दोधारा र चाँदनीका विभिन्न मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री पु¥याउनमा ढिलाई भएकाले २४ घण्टाका लागि मात्रै सीमानाका बन्द गरिने सुरक्षा स्रोतले जनाएको छ । उता बैतडीमा भने निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बैतडीको नेपाल–भारत सीमा नाका झुलाघाट बन्द गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।