मंसिर १ । एमाओवादी नेता तथा कार्यकर्ता चढेको बस ओखलढुंगामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा केन्द्रिय नेतासहित करिब ३० जना घाइते भएको बताइएको छ ।

सदरमुकाम ओखलढुंगादेखि निशंखेतर्फ गईरहेको ना २ ख ३२११ नम्बरको बस ठूलाछाप ६ स्थित कुँडुले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

एमाओवादी सभाको लागि नेता तथा कार्यकर्ता लिएर गएको बस सडकदेखि २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एमाओवादी केन्द्रिय नेता राम कार्की सहित ७ जना गम्भीर घाईते छन् । निर्वाचन क्षेत्र नं १ का एमाओवादी उम्मेद्वार केशव राईको खुट्टामा चोट लागेको छ ।

तिव्र गतिको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।