कात्तिक २९ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगसमक्ष माग गरिएको छ ।

अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारको दौडाहामा प्रचण्ड निस्केको भन्दै उम्मेदवारी खारेज गर्न माग गरेका हुन् ।

पोखरामा शुक्रबार पत्रकार सम्मेलन गरेर खड्काले आचारंसहिता विपरीत दाहालले हेलिकोप्टर चढेर ३१ लाख रुपैयाँ झवाम्म् पारेक‌ो जनाए ।

आचारसंहिता विपरीत जाने जुनसुकै दलका उम्मेदवारको उम्मेदवारी खारेज हुनु पर्ने उनले प्रचण्डले आचारसंहितको धज्जी उडाएकाले उम्मेदवारी खारेज गर्न माग गरे ।

कार्यक्रममा उनले साना दलका उम्मेदवारी देखेर मुलधारका दलहरु तर्सिएको समेत जनाए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।