सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । तर चाँदीको भाउ भने बढेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज मंगलबार तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएकाे जनाएकाे छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।
आज चाँदीको भाउ भने बढेको छ । सोमबार चाँदी प्रतितोला ९९० रुपियाँमा कारोबार भएकोमा आज प्रति तोलामा ५ रुपैयाँले बढेर ९९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले बताएकाे छ ।
Comments







