जोन सेनाले ऐश्वर्या रायको तस्बिर शेयर गरेपछि तहल्का

काठमाडौं । रेस्लर तथा डब्लूडब्लूई स्टार जोन सेनाले आफ्नो इन्स्टाग्राममा बलिउड अभिनेत्री ऐश्वर्या रायको तस्बिर शेयर गरेपछि तहल्का नै मच्चिएको छ ।

उनले ऐश्वर्याको तस्बिर हालै इन्टाग्राममा पोस्ट गरेका हुन् । तर उनले यसबारे केही क्याप्सन लेखेका छैनन् । कोरोनाभाइरसबाट संक्रमित भएकी ऐश्वर्या राय अस्पताल भर्ना भएपछि अचानक जोन सेनाको यस्तो शेयरिङ आएको हो । ऐश्वर्या कोभिड–१९ को उपचारका लागि शनिबार मुम्बइस्थित नानावती हस्पिटलमा भर्ना भएकी छन् ।

ऐश्वर्या अस्पताल भनाए भएपछि नै जोन सेनाले उनको तस्बिर पोस्ट गरेका हुन् । विश्वचर्चित रेस्लर जोन सेना बलिउडप्रति झुकाव राख्ने अमेरिकी सेलिब्रिटीको रुपमा चिनिन्छन् । जोन सेनाले यसअघि ऐश्वर्याका श्रीमान तथा बलिउड अभिनेता अभिषेक बच्चन र उनका बाबु अमिताभ बच्चनलाई कोरोना संक्रमण भएपछि गत साता इन्स्टाग्राममा उनीहरुको तस्बिर शेयर गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।