कात्तिक २७ । एकीकृत नेकपा माओवादी कञ्चनपुरले बेलौरीमा गर्ने भनिएको चुनावी आमसभामा अवरोध पु¥याउन अज्ञात समुहले कलुवापुर–बेलौरी मार्गको चान्देउ सडकखण्डमा शंकास्पद वस्तु फेला परेको छ ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलौरी जाँदै गरेका बेला चान्देउ नजिकैको जंगलमा शंकास्पद वस्तु फेला परेको हो ।
उक्त वस्तुलाई भगतपुरस्थित नेपाली सेनाको २५ नम्बर बाहिनी अन्तरगतको हनुमान ध्वज गुल्मको बम डिष्पोजल टोलीले बिहान करिब पौने ९ वजे निष्कृय पारेको छ ।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड सवार जीपलाई शंकास्पद वस्तु फेला परेको स्थानबाट केही टाढा रोकेर सेनाले उक्त वस्तु डिष्पोज गरेको हो ।
अध्यक्ष प्रचण्ड चुनावी आमसभालाई सम्बोधन गर्न महेन्द्रनगरबाट बेलौरी गएका छन् ।
यसअघि हिजो बेलुकी सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा प्रचण्ड आमसभा चलिरहेका बेला अज्ञात समुहले राखेको बमलाई पनि सेनाको टोलीले डिष्पोज गरेको थियो ।
त्यस्तै निर्वाचन विरोधी समुह हिजो बिहानै गुलरियामा आयोजित एकीकृत माओवादीको चुनावी आमसभा विथोल्न दुई स्थानमा शंकास्पद वस्तु राखेर फरार भएको थियो ।
Comments