फोटो: फाइल

कात्तिक २६ । यात्रुसहितको बसमा गएरात करिब १ बजे नारायणघाट मुग्लिङ सडकखण्डस्थित कविलास गाउं विकास समितिको देवीटारमा आगजनी भएको छ ।

सर्लाहीबाट काठमाडौंतर्फ यात्रु लिएर आउँदै गरेको ना ४ ख ४७३४ नम्बरको बसमा अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनीबाट बस पूर्ण रुपले जलेको छ ।

गुडिरहेको बसलाई रोकेर यात्रुलाई ओराल्न लगाएपछि अज्ञात समूहले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।