नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा एक ८५ वर्षीय वृद्धाको मृत्यु भएको बताए ।
उनका अनुसार मृतक वृद्धा पर्साको वीरगञ्ज महानगरपालिका-११ श्रीपूर रानीघाट निवासी हुन । मुटुसम्बन्धी बिरामी उनी निमोनियाबाट ग्रसित थिइन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
Comments






