थप एककाे मृत्यु, अस्पताल लैजानुको साटाे क्वारेन्टाइनमै झारफुक



नेपमलमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकाे छ । देशभरका प्रयोगशालामा ५ हजार ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट थप मृत्यु भएको छ । शुक्रबार मृत्यु भएका बझाङको बुङ्गल नगरपालिका–३ का ६५ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

असार २४ गते परिवारसहित भारतको बैंग्लोरबाट आएका उनी क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्यमा साउन १ गते केही समस्या देखिएको थियो, अस्पताल लैजानुको साटो क्वारेन्टाइन स्थलमै झारफुक गरियो ।

१४ दिन क्वारेन्टाइन बसेर ६ गते घर गए । ९ गते निधन भएको खबर आएको नगरपालिकाका सिनियर अहेब भूमिराज जोशीले बताए । मृत्युपछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको र सोमबार कोरोना पोजेटिभ भएको रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्