काठमाडौका उपत्यकामा ४५ जना सहित २७४ जना कोरोना संक्रमण पुष्टि



बिहीबार थप २७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ६ हजार ३०४ जनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताए ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

आज काठमाडौंका ४१ जना, ललिलतपुरका २ जना र भक्तपुरका २ जना गरी काठमाडौं उपत्याकामा ४५ जनामा कोरोना देखिएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २०१ पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार २ सय २७ जनाको उपचार भइराखेको छ ।

आज २२७ जना निको भई घर फर्किएका छन् । हालसम्म १४ हजार २४८ जना उपचार पश्चात निको भएका छन् ।

नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्