कात्तिक १९ । सँधैका वर्षहरु जस्तै यो पटक पनि अञ्जली मास्केले राजधानीमा सामूहिक भाईटीका लगाईदिएकी छिन्।

काठमाडौको बसन्तपुर (काष्ठमण्डप) मा दिहीबहीनी नहुनेहरुलाई सामुहिक भाइटीका लगाईदिएकी हुन् ।

अञ्जली दिदीको नामले चिनिएकी मास्केले विगत १५ वर्षदेखि निरन्तर रुपमा यसरी भाइटीका गर्दै आएकी छिन् । उनले गुरु गोरखनाथलाई पूजा गरेर सबैलाई नेवारी तान्त्रिक विधि अनुसार मण्डला बनाइ भाइटीका लगाइदिईन् ।

विभिन्न समुदाय र जातजातिका सयौं व्यक्तिहरुलाई भाइ बनाई उनले सामुहिक भाइटीका लगाई दिने गरेकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।