कात्तिक १९ । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम आज भाईटीकाको दिन पूर्व राजपरिवारका सदस्यहरूले पनि शुभसाइतमा टीका लगाएका छन् ।
पूर्वमुमाबडामहारानी रत्न शाहले नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा भाइ सुशीलशमशेर राणालाई टीका लगाइदिएकी छन्।
यता, पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहीसँग कमलादीस्थित शोभागृहमा टीका लगाएका छन् भने र्वरानी कोमल शाहले निर्मल निवासमा भाइहरू सुरज र उदयशमशेर राणालाई टीका लगादिएकी छन्।
Comments