कात्तिक १५ । मोरडमा एकीकृत माओवादीको पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम भेटिएको छ ।

 उर्लाबारीस्थित पार्टी कार्यालय नजिकै अज्ञात समूहले राखेको बम फेला पारेको हो ।

यसैगरी, मोरड क्षेत्र नम्बर ८ का एकीकृत माओवादी उम्मेदवार गोपी अछामीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

पार्टी कार्यालय नजिकै पार्किङमा राखेको को१च ६२७२ नम्बरको गाडीमा आगजनी गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।