कात्तिक १४ । सप्तरीमा प्रहरी र मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ ।झडपमा फोरमका दुई कार्यकर्ता र पाँच प्रहरी जवान घाइते भएका छन् ।

मोटरसाइकलमा तीन जना चढेको भन्दै प्रहरीले फोरमका कार्यकर्तालाई नियन्त्रणमा लिएपछि राजविराजमा झडप भएको हो ।

प्रहरीले धर्नामा बसेकी सप्तरी क्षेत्र नम्बर ४ की फोरम उम्मेदवार रेणुकुमारी यादवलाई समेत नियन्त्रणमा लिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।