एकै दिन थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि, कुल संख्या २३ हजार नाघ्याे



नेपालमा पछिल्लाे समय थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला