कात्तिक १४ । संघीय समाजवादी पार्टीका स्थानीय एक नेतामाथि सुनसरीमा गोली प्रहार भएको छ ।

पार्टीका सुनसरी उपाध्यक्ष पारस काङमाङले युवा संघ सुनसरीका जिल्ला सदस्य दिवस राईले आफूमाथि गोली हानेको आरोप लगाउँदै प्रहरीमा मुद्धा समेत हालेका छन् ।

उनले दिवस राई विरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा मुद्दा दर्ता गराएका हुन् ।

धरान–११ स्थित समाजवादीको पार्टी कार्यालयमा राखिएको झण्डा दिवस राईको समूहले जलाएपछि विवाद उत्पन्न हुँदा पारस काङमाङमाथि गोली प्रहार भएको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।