नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको छ ।

स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको हो ।

ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।