कार्तिक  १४ । नेपाली चर्चित साहित्यकार जगदिश घिमिरेको निधन भएको  छ ।
क्यान्सर रोगबाट पीडित घिमिरेको ६८ बर्षको उमेरमा आज  विहान  ५:५५ मा काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन  भएको  परिवार स्रोतले  जनाएको  छ । उनी लामो समय देखि क्यानसरको रोगबाट  पिडित रहेका थिए ।
घिमिरेले अन्तरमगनको यात्रा लेखनबाट मदन पुरस्कार प्राप्त  गरेका थिए । क्यान्सरको पीडादायी उपचारसँग जुध्ने क्रममा उनले अन्तरमगनको यात्रा लेखेका थिए। सोही पुस्तकले उत्तम शान्ति पुरस्कारसमेत जितेको थियो । उनका ‘साविती’ र ‘लिलाम’ उपान्यास तथा ‘बर्दी’ कथा संग्रह प्रकाशित छन् ।
अघिल्लो बर्ष उनले प्रकाशन गरेको उपन्यास ‘सकस’ राम्रो कृतिका रुपमा दरिएको थियो ।
घिमिरेको पार्थिव शरीरलाई  आजै  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।