काठमाडौं । कालिकोटमा पहिरोले पुरिएर ६ को मृत्यु भएको छ । महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

बिहीबार राति साढे १२ बजे वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका दुई छोराहरु १३ वर्षीय पुष्प विष्ट र ११ वर्षीय प्रविन विष्ट, छोरीहरु १८ वर्षीया सबिना विष्ट र १५ वर्षीया आशा विष्ट, वडा सदस्य राजबहादुरका दाजु डिलबहादुर विष्टका छोरीहरु १९ वर्षीया शान्ति विष्ट र १० वर्षीया रेखा विष्टको मृत्यु भएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।