दिप बहादुर घर्ति/जाजरकोट
कात्तिक १२ । जाजरकोटको कोर्ताङ्ग गाविस वडानं. ४ मेशुमा एमाओवादी र वैद्य माओवादी कार्यकर्ता बिच झडप हुदा दुबै पक्षका एक–एक जना घाईते भएका छन् ।
चुनावी प्रचार अभियान, बहिष्कार अभियानको बिषयलाई लिएर विवाद हुदा दुई पक्ष बिच आइतबार राती झडप भएको हो ।
उक्त झडपमा घाईते हुनेमा एमाओवादी तर्फका कोर्ताङ्ग ४ मेशुका दिपक बस्नेत, बैद्य माओवादी तर्फका अर्छानी ९ तम्तिका बासुदेव शाही रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख चक्र बहादुर सिहंले वताए । घाइतेको अबस्था सामान्य रहेकोछ प्रमुख सिहंले भने । श्रोतका अनुसार चुनावको बिषयलाई लिएर बिवाद हुदा दुबै पक्ष बिच ढुङ्गा हानाहान भएको हो ।
पार्टी केन्द्रको योजना अनुसार आफुहरुले चुनाव बहिष्कार अभियान गाउँ–गाउँमा सञ्चालन गरिरहेको बैद्य माओवादी जाजरकोटका सह–ईन्चार्ज वीर बहादुर खड्का क्षितिजले बताए । उनीले अभियानको कार्ययोजनामै रहेर कोर्ताङ्ग मेशुमा आफ्नो टिम पुगेको यसरी झडपमा आउलान जस्तो आफुलाई लागेको थिएन भने । धुँवाको बदला बारुदद्वारा लिने खड्काले दावी गरे । अरिङ्गयालकोगालामा नाङ्गो हात हालेर एमाओवादीका कार्यकर्ताले ठुलो भुल गरेको खड्काले जिक्कीर गरे ।
आफ्नो पार्टीको पकेटगाउँमा आएर कुनै पनि पार्टीले राजनैतिक आरोप लगाएर प्रचार प्रसार गर्न नपाईने कसैले गरे आफु पनि लड्न तयार भएको एमाओवादी भेक राज्य समिति सदस्य चन्द्र बहादुर बस्नेत सन्दर्भले बताए । राजनैतिक आस्था जे राखे पनि आफ्नो गाउँ मेशुमा फरक बिचार प्रस्तुत गर्न नपाईने बस्नेतले भनाई राखे ।जाजरकोटमा माओवादी विभाजन पछिको दुई माओवादी बिचको झडप यो पहिलो हो । चुनावी मैदानमा हुने दुई माओवादी बिचको झडपलाई धेरैले चासोका साथ हेरि रहेका छन् ।