सोलुखुम्बु, २३ मंसिर । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भए । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याए ।
प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भए । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याएका छन ।
प्रदेशसभा (ख) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी भएका छन । राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहनुभएका नेता आङगेलु शेर्पालाई पराजित गरे । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गरेका छन ।