भारततर्फ चोरी निकासी गर्न लागेको १४ किलो गाँजासहित दुईवटा मोटरसाइकल प्रहरीले आज बरामद गरेको छ । मोरङको जहदा गाउँपालिका –३ नेपाल–भारत सीमा क्षेत्रबाट दुईवटा मोटरसाइकलसहित १४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा भारततर्फ चोरी निकासी गर्न लागिरहेको अवस्थामा प्रहरीलाई देखेपछि झोलामा प्याक गरेको गाँजा र मोटरसाइकल छाडेर उनीहरु फरार भएको इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले बताए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा फरार गाँजा तस्करको खोजी भइरहको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।