कार्तिक ९ । आज भोली उम्मेदवारहरु  र पार्टी कार्यकर्ताको घरदैलो बिहानैदेखि सुरु हुन्छ । पार्टी र चुनाव चिन्हका व्यानर तथा झन्डा फहराइएका गाडी ओहोर दोहोर गर्छन । सँगै मोटरसाइकलको लस्कर लाग्छ ।मध्याह्नको खाना, दिउँसोको चिया-नास्तादेखि साँझको समिक्षा बैठकु सक्दा एउटा उम्मेदवारको दैनिक कम्तीमा १० हजार रुपैयाँ खर्च हुन्छ  ।प्रचारमा जुटेका कार्यकर्तालाई उम्मेदवारले खाना, मोवाईल चार्ज कार्ड र मोटरसाइकलमा पेट्रोल उपलब्ध गराउने गरेका छन् ।‘खट्ने कार्यकर्तालाई खाना खुवाउनै पर्‍यो ।
प्रायः सबै उम्मेदवारले प्रचारप्रसारका लागि कम्तीमा दुईटा गाडी महिनाभरिका लागि इन्धन र ड्राइभर भत्ताबाहेक दैनिक ३ हजार ५ सय भाडामा लिएका छन्।
घरदैलोमै हिँडे पनि गाडी भाडामा लिनै पर्‍यो।’ एमाओवादी बाँके ३ निर्वाचन परिचालन संयोजक डम्बर विकले भने ‘दैनिक १० हजार त खर्च हुने  बताएको आजको कान्तिपुरमा खबर छ ।
एउटा उम्मेदवारको इन्धनबाहेक गाडीभाडा मात्र मासिक १ लाख २० हजार हुन्छ । त्यसबाहेक प्रचार अभियानमा सयौ कार्यकर्ता  हिड्ने भएकोले सबै भन्दा धेरै खर्च खाना खुवाउँदा हुने गरेको विकले बताए।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।