कात्तिक ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को१४ औँ साधारण सभा बिहिबार सम्पन्न भएको छ । 
आगामि ४ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले गणेश थापाको नेतृत्वमा ४ उपाध्यक्ष र ११ सदस्यीय तथा एक महिला सदस्य गरि कुल १७ सदसीय कार्यसमीती चयन गरेको हो । गणेश थापाको यो लगातार छौटौँ कार्यकाल हो ।

यस अघि रहँदै आएको ३१ सदसिय कार्यसमितीको विधान संसोधन गर्दै १७ सदसिय कार्यसमिती रहने निर्णय गरेको थियो । जसअन्तर्गत १७ सदसीय कार्यसमिती चयन गरेको हो । कार्यसमीतीमा अध्यक्ष गणेश थापा सहित उपाध्यक्षहरुमा ललितकृष्ण श्रेष्ठ, किशोर राई, कर्मा छिरिङ शेर्पा र विजय नारायण मान्नधर रहेका छन् ।

त्यस्तै सदस्यमा ४ जना नया तथा तथा सात पुरानै अनुहार रहेका छन् । सदस्य हुनेमा पंकज विक्रम नेम्वाङ, बशन्त अर्याल, गणेश बहादु्र चन्द, रमेश रायामाझी, दिनेश ब्यञ्जनकार, मोहोमद्ध समी उल्लाह, रत्नकुमार श्रेष्ठ, पु्रुषोतम अधिकारी रहेका छन् ४ नयाँ अनु्हारमा प्रकाश पंगेनी, प्रदेश सिंह राठौर, देवेन्द्रमान सिंह रहेका छन् । समितीले कार्यसमीतीको पु्र्णताका लागि एन्फाको महिला फु्टबल समितीको अध्यक्ष रहेकी कल्पना पियालाई एक वर्षका लागि कार्यसमितीमा मनोनयन गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।