कात्तिक । उत्तेजक फोटो सुट तथा त्यस्तै त्यस्तै कारण बेला बखत चर्चामा आईरहने बलिउडका कलाकार मध्ये शर्लिन चोपडा पनि एक हुन् ।

यीनै चोपडा पछिल्लो पटक पनि सामाजिक सञ्जाल ट्विटरमा उत्तेजक दृश्य राखेर चर्चा बटुल्न सफल भएकी छिन् ।

केही समय अघि मात्रै शर्लिनले त्यस्ता तस्बीरहरु ट्वीटरमा पोष्ट गरेकी थिइन् । जसले उनको चर्चा विश्वभरी नै पुर्याईदिएको छ । त्यसो त शर्लिन वोल्ड तथा हट मोडलको रुपमा परिचित नै पनि भईसकेकी छिन् ।

केही समयअघि पनि शर्लिन चोपडा आफ्नो उत्तेजक फोटोका कारण चर्चामा रहेकी थिइन।

भारतीय सञ्चारमाध्यमले भने शर्लिनले पोर्न स्टार सनी लियोनको नक्कल गरेदै न्यूड फोटोशूट गरेको टिप्पणी गरेका छन्।

हैदराबादमा जन्मिएकी शर्लिनकी आमा मुस्लिम हुन् भने बाबु ईसाई हुन्। शर्लिनले बलिवुड फिल्म टाइमपास,रेड स्वास्तिक र गेममा अभिनय गरि सकेकी छिन।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।